काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण गरेको छ ।
२३ माघमा बसेको आयोगको कार्यकारी समितिले शैक्षिक सत्र २०८१/८२ का चिकित्सा शिक्षाका स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण गरेको हो ।
सार्वजनिक तर्फ स्नातकोत्तरका विभिन्न कार्यक्रमका लागि विभिन्न शैक्षिक संस्थालाई ७ सय ९५ सिट पाएका छन् । यस्तै, निजी मेडिकल कलेजमा भने १ हजार ४० सिट बाँडफाँट भएको छ ।