काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउनेलाई ४० हजार पुरस्कार दिने भएको छ । कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका निम्ति छुट्टै लोगो बनाउन लागेको प्रवक्ता निराजन शर्माले बताए ।
आयोगले बिहीबार सूचना जारी गर्दै गण्डकीको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, पर्यटकीयसहित निजामती सेवा तथा सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी झल्किने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जानकारी दिएको छ । सर्वोत्कृष्ट लोगोको डिजाइनकर्तालाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने शर्माले जानकारी दिए ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना :