काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार भएका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
उनीहरूलाई अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको थियो । कैद तथा जरिवाना सजाय तोकिएको साथ उनीहरू फरार भएका थिए । साही दिनदेखि अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट प्रतिवादीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूलाई आवश्यक कारवाहीको तथा सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

