नवनियुक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदानः सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नवनियुक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदानः सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली


२९ चैत्र २०७४, बिहिबार


काठमाडौँ । नेपाली प्रहरीका नवनियुक्त महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललाई गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव प्रेमकुमार राईले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको डिआईजी वरियतामा एक नम्बरमा रहेका खनाललाई महानिरीक्षकमा र सशस्त्र तर्फ एआईजी शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको थियो।

निवर्तमान महानिरिक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण बुधबारबाट अनिवार्य अवकाश पाएसँगै डिआईजीबाट खनाल सिधै महानिरीक्षकमा बढुवा भएका हुन्।

प्रतिक्रिया दिनुहोस