२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय बैठकमा राजकिशोर यादव र प्रेम सुवालबीच चर्काचर्की, निरंकुश शैलीमा बैठक नचलाउन सभापतिलाई चेतावनी

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बिहीबार सिंहदरवारमा बसेको बैठकमा चर्काचर्की भएको छ ।

समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्ना असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यस क्रममा दुवैजनाबीच विवाद उत्कर्षमा पुगेको थियो ।

सांसद सुवालले आफ्नो असहमति व्यक्त गर्दै सभापतिले जवाफ दिनुपर्ने माग राखे । उनले कडा स्वरमा भने, “सभापतिज्यू, मैले सहमति छैन भनेको बेला तपाईँले जबरजस्ती निर्णय गर्नुहुन्छ ? मलाई बोल्न पाउने अधिकार छैन ?”

सुवालको भनाइले सभापति यादव थप क्रोधित भए । उनले भने, “औँला तल राख्नुस्, नौटंकी नगर्नुस् ।” यादवको जवाफसँगै माहोल झन् तातेको थियो ।

सांसद सुवालले यादवलाई चेतावनी दिँदै भने, “तपाईँ निरंकुश बन्न नखोज्नुस् । यो राणा शासन होइन, तपाईँले राणाको अवतार लिन खोज्नु भएन । जसरी राणा शासन समाप्त भयो, त्यसै गरी तपाईँ पनि समितिबाट हट्नुहुन्छ। होस गर्नुस् ।”

उनले थपे, “सहमति छैन भने सभापतिले सोध्नुपर्छ । अनुपस्थित सदस्यको नाममा समिति बनाएर निर्णय गर्ने तपाईँको नियत के हो ? यस्तो निरंकुश शैली यहाँ स्वीकार्य हुँदैन ।”

सभापति यादवले आफू निरंकुश बन्ने कुरा स्वीकार गर्दै उभिएर भने, “हो, म यस्तो निर्णय गर्छु । तपाईँ के गर्नुहुन्छ?” सुवालले प्रतिवाद गर्दै भने, “तपाईँ यसरी निरंकुश बन्नुभयो भने यो सभापति पद धेरै दिन टिक्दैन । अन्ततः तपाईँले यसको परिणाम भोग्नुपर्नेछ ।”

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सुधारका सम्बन्धमा छलफल गर्न समिति बैठकमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको विषयमा सुवालले आपत्ति जनाएका थिए ।

यादव र सुवालबीचको यो भनाभन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले संसदीय समिति भित्रको असहमति र नेतृत्वमा देखिएको विवादलाईसमेत सतहमा ल्याएको छ ।