काठमाडौँ । नयाँ सोचका साथ स्टार्टअप उद्यम गर्ने भन्दै पाँच हजार १८५ जनाले दिएको आवेदनबाट ३ हजार ८७१ वटा आयोजना प्रारम्भिक चरणमा नै फालिएका छन् । पाँच हजार १८५ मध्ये एक हजार ३१४ वटा आयोजना मात्रै प्रारम्भिक सूचीमा परेको हो ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अघि सारेको छ । स्टार्टअप कर्जाका लागि चालू आर्थिक वर्षमा १ अर्ब बजेट विनियोजन गरिएको छ ।
स्टार्टअपको लागि ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरिएको छ । सो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ । कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरिएको छ ।
२०८१ भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान भएको थियो ।
हेर्नुहोस् सूची :