२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति नजिक पुग्यो नेकपा एकीकृत समाजवादी र वामदेवबीचको वार्ता

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बुधवारको वार्ता सकारात्मक रहेको दुवैतर्फका नेताले बताएका छन् ।

गौतमका अनुसार, छलफल सहमतिनजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए ।

‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ’, उनले भने ।

एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले आधारभूत विषयहरू टुंगो लागेको र केही प्राविधिक विषयलाई अन्तिम रूप दिन बाँकी छ ।

‘अब जे, जति कुरा बाँकी छन्, ती नमिल्ने र अड्किने खालका छैनन्’, उनले बताए ।

पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेताबीच मतैक्यता रहेको बाँस्कोटाले बताए । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरूको बीचमा कुरा मिलेको उनले बताए ।

बुधवारको वार्तामा गौतम एक्लै थिए । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए ।

कुराकानीलाई अन्तिम रूप दिन केही दिनमै फेरि वार्ता गरिने बास्कोटाले बताए ।