‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह


२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ ।

विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको अभियानमा सघाउन आग्रह गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले बताए ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। यस्तै गौतमको स्थानमा सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस