बाल यौन दुराचारको अभियोगमा बालअधिकारकर्मी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाल यौन दुराचारको अभियोगमा बालअधिकारकर्मी पक्राउ


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । बाल यौन दुराचारको आरोपमा एक बालअधिकारकर्मी क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार काभ्रेबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार बिगत केही वर्षदेखि नेपालमा रहेका जोनका बारे विदेशबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै उनको साथमा रहेका दुई बालिकाको उद्दार गरेको छ ।

उनी बस्ने गरेको स्थानबाट दुई जना बालिकाको उद्दार गरि परिवरको जिम्मा लगाइएको डीआईजी कार्कीले बताए ।

उनी सन् २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार हुन् । यस्तै उनी विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस