२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको दाबी : मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् ।

‘हामी देश बनाउँछौँ । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

उनले आफू संयुक्त राष्ट्र संघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्र संघको भ्रमणमा गएँ, र १० दिनमा नेपाल आइपुगेँ । ८ दिनमा ४३ वटा कार्यक्रम गरेर म फर्किएँ ।’

फरक प्रसंगमा प्रधानमन्त्री बनेपछि देशमा बिग्रिएको अर्थतन्त्र सुधारका लागि धेरै व्यस्त बन्नुपरेको उनले उल्लेख गरे ।

‘म प्रधानमन्त्री भएपछि धेरै व्यस्त भएँ । देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । त्यो ढुकुटीमा पैसा थोपो छैन । तिर्नुपर्ने धेरै रहेछ । त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ । राज्य पुगेको रहेछ । त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो । त्यसमा म लागेको थिएँ,’ ओलीको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर नै आएको उनको दाबी थियो । ‘हामी निष्क्रिय बसेका छैनौँ । निष्क्रिय बस्ने बानी पनि छैन । हामीले नेपालको सही दृष्टिकोण के हो भन्ने कुरा स्पष्ट गरेका छौँ । चीन भ्रमणबाट हामीले देशको हितको पक्षमा उपलब्धि लिएका छौँ । हामी अगाडि बढ्छौँ,’ प्रधानमन्त्रीले भने ।