४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःनिर्माणलाई तीव्रता दिन माग सांसदको माग

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनःनिर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा नेकपा एमालेका कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराए । सोही दलका विरोध खतिवडाले आउँदो वर्षाअगावै पीडितलाई घरबास गराउन माग गरे ।

एमालेकै यज्ञराज सुनुवारले भूकम्पपीडित चार दिनसम्म पैदल हिँडेर किस्ता रकम लिन बैंंकमा लाममा बस्न जाँदा पनि अनुदान पाउन नसकेकामा आक्रोश व्यक्त गर्दै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पीडितलाई थप रकम दिनेबारे गरेको भनिएको निर्णय सही वा गलत के हो भनी जवाफ माग गरे । एमालेका गणेशसिंह ठगुन्नाले नेपाल, भारत र चीनबीचको त्रिदेशीय सिमानामा नाका खोल्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका छलफल हुनुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका जिपछिरिङ लामाले भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो रकम दिन माग गरे । नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले काठमाडौं–तराई मधेश दूुतमार्गको निर्माणका लागि ललितपुरको खोकना र बुङ्मती क्षेत्रमा पुरातात्विक महत्वका क्षेत्रमा असर पार्ने गरी डिजाइन गरिएको र त्यहाँका जनताको क्षतिपूर्ति न्यून मूल्याङ्कन गरिएको बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले श्वेतपत्रमा समृद्धि र सुशासनको भावी यात्राबारे स्पष्ट हुन नसकेको टिप्पणी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रिय पहिचानसँग जोडिएका राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, रामनवमीजस्ता सार्वजनिक बिदा कटौती गर्ने निर्णय पुनर्विचार गर्न माग गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले श्वेतपत्रमा उल्लेख भएअनुसार मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन को को दोषी हो भन्नेबारेमा संसदीय छानवीन गर्न माग गरे । बैठक जारी छ । रासस

प्रतिक्रिया दिनुहोस