२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर औषधि र खोप अभाव

अ+ अ-

काठमाडौं । स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ।

विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ। यसले गर्दा औषधि अभाव हुनुका साथै सर्पदंश र बहुला कुकुरले टोक्दा लगाइने (एन्टिरेबिज) को समेत खरिद अवरुद्ध भएको विभागले जनाएको छ।

विभागअन्तर्गतका महाशाखा र केन्द्रका प्रमुखहरुलाई पाँच लाखसम्मको मात्रै कार्यक्रम स्वीकृति र भुक्तानी दिने अधिकार हुन्छ। त्यो पनि महानिर्देशकले अधिकार दिएपछि मात्रै गर्न पाइन्छ । पाँच लाखभन्दा बढीको औषधिलगायतका उपकरण खरिदको जिम्मेवारी महानिर्देशकमै हुन्छ।

निःशुल्क औषधि खरिदको बजेट दुई अर्बभन्दा बढी छ । त्यसमध्ये झन्डै ७० प्रतिशत रकमको औषधि केन्द्रले खरिद गर्छ। केन्द्रबाट खरिद गरिने २२ थरी औषधिका ३० करोड बराबरका टेन्डरको फाइल स्वीकृति र सम्झौता हुन बाँकी छ। त्योभन्दा बढी बजेट सेवा र उपकरण खरिदका लागि केन्द्रसँगै रहन्छ।

महानिर्देशक नहुँदा बहुला कुकुरको टोकाइमा प्रयोग हुने अत्यावश्यक खोप एन्टिरेबिज सकिनै लागेको छ । ‘खोप दुईतीन साताका लागि मात्र मौज्दात छ। सम्झौता हुन नसक्दा नयाँ ल्याउन सकिएको छैन,’ आइतबार अवकाश पाएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। भीम आचार्यले भने। उनका अनुसार एन्टिस्नेक भेनम दुई महिनाका लागि पुग्ने जति छ। मान्छेको ज्यानै जाने खोपमा संवेदनशील हुनुपर्ने उनी बताउँछन्।

महाशाखाका अनुसार एन्टिरेबिज खोपका लागि करिब पाँच करोड र एन्टिस्नेक भेनम खोप खरिदका लागि झन्डै आठ करोडको टेन्डर मूल्यांकन समितिबाट दुई साताअघि स्वीकृति भइसकेको छ। यसलाई महानिर्देशकले सदर गरेर सम्झौता भएपछि ठेकेदारले खोप ल्याउन थाल्छन्। यसका लागि दुई महिनासम्म लाग्न सक्छ।

बालबालिकालाई झाडापखाला हुँदा खुवाउने जिंक ट्याब्लेट र पोषणयुक्त पाउडर खरिद पनि टेन्डर स्वीकृति भएर सम्झौता हुन बाँकी छ। यसअघि विभिन्न ठेकेदार कम्पनीसँग सम्झौता भएर औषधि तथा उपकरण ल्याइसकेको झन्डै ३० करोडबराबरको भुक्तानी दिनसमेत ढिलाइ भइसकेको छ। समयमा यस्ता भुक्तानी दिन नसके सरकारले समेत ‘पेनाल्टी’ तिर्नुपर्छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत हुने कार्यक्रम स्वीकृति, खरिद र भुक्तानीको अधिकार प्राप्त अधिकारी महानिर्देशक नियुक्तिमा भएको चलखेलका कारण एक महिनादेखि विभाग महानिर्देशकविहीन हुने अवस्था आएको हो।

तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोरा र सचिव पुष्पा चौधरीको मिलेमतोमा महानिर्देशक नियुक्तिमा चलखेल भएको थियो। वर्तमान सरकार पनि नियुक्तिमा संवेदनशील भएको छैन। स्वास्थ्य अधिकारीहरुका अनुसार मन्त्रालयका राजनीतिक तथा प्रशासनिक नेतृत्वले महानिर्देशक नियुक्ति गर्दा सधैं आर्थिक चलखेल गर्दै आएका छन्। अर्बौंको औषधि र उपकरण खरिद हुने भएकाले महानिर्देशक बन्नका लागि ठेकेदारहरुले खर्च गरिदिने गरेको उच्च अधिकारीहरु बताउँछन्।

महानिर्देशक नहुँदा सबैभन्दा ठूलो असर औषधि र खोप खरिदमा परेको छ। मुलुक संघीय संरचनामा गएपछि औषधि खरिदका लागि गाउँपालिका र नगरपालिकालाई छुट्याइएको बजेटले नपुगेपछि औषधि अभाव टार्न मन्त्रालयले विनियोजन गरेको करिब ३० करोड रुपैयाँ जिल्ला पठाउन रोकिएको छ। औषधि खरिदको प्रबन्ध गर्न विभागले जिल्लालाई पत्राचार गरिसके पनि बजेट बाँडफाँट हुन सकेको छैन।

विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले महानिर्देशक नहुँदा थुपै काम रोकिएको स्विकारे। उनले रोकिएको कामबारे मन्त्रालयमा बारम्बार जानकारी गराएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस