काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध रामहिटी रामनगरमा जुवातास खेल्ने २० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार राम बहादुर सुनारको ४ तल्ले घरको भुई तलामा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० रुपैयाँ बरामद गरेको परिसरले जनाएको छ।
खेलमा प्रयोग भएको ३ बुक र ६ बुक नखोलेको ताससहित उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।