२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनका लागि एमाले-काँग्रेस गठबन्धन : गुरु बराल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले-काँग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।

जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धि का लागि एमाले–काँग्रेस गठबन्धन भएको बताएका हुन् ।

उनले भने, ‘संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र काँग्रेसबीचमा गठबन्धन भएको हो ।’

बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनु पर्ने र कमजोर पक्षलाई संशोधन गर्नु पर्ने बताए । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राखेर काम भाइ रहेको बताए ।

उनले एमाले र काँग्रेसबीचको गठबन्धन सरकारमाथि प्रश्न उठेको भन्दै उनले, ‘भने २०४७ सालमै मदन भण्डारीले एमाले र काँग्रेस मिलेर सरकार चलाउनु पर्ने बताएका थिए । त्यही कुरालाई आत्मासाथ गर्दै एमाले र काँग्रेस मिलेर सरकार चलाइएको छ ।’

सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ता भन्दा बाहिर रहेकालाई थुन छेक गर्ने नीति नलिएको बताए । उनले भने ‘सत्तामा बसेकाहरूले पनि गल्ती गरेको भए सजायको भागीदार हुन्छन् ।’

उनले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताए । उनले सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औँला उठाएको बताए । उनले लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी भएको बताए । उनले अहिले लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेको बताए ।