२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानका गृहसचिव नेतृत्वको टोलीसँग लुम्बिनी विकास कोषले गर्‍यो छलफल

अ+ अ-

काठमाडौँ । लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्यले भुटानका गृह मन्त्रालयका सचिव सोनाम वाङगेलसहितको टोलीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

कोषाध्यक्ष भट्टराईले स्वागत गर्दै छिमेकी देश भुटानसँग नेपालको वर्षौँदेखिको पुरानो सम्बन्ध रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे ।

उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुशी व्यक्त गरेका छन् ।

भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राई, बोर्ड सदस्य श्याम रोक्काको उपस्थिति थियो ।

गृहसचिवको प्रतिनिधिमण्डलले लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषले जनाएको छ । 

प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सचिवलगायतका अधिकारीहरूसँग पनि छलफल गर्ने बताइएको छ ।