२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।

तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आएका छन् । उनी झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाटा सिउने काम गर्दै आएका छन् । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उनी कहाँ पुग्छन् ।

महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चामल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उनीसँग रहेको छ । 

दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्थे । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गरेका थिए।

पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीवनयापनको खोजीमा तराई झरे । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उनले भने, “कुनै ठाउँमा पनि स्थायी रूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायी रूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ्य नहुँदा घुमन्ते रूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।

कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उनले भने, “जिउ ढाक्ने लुगाफाटो अरूसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई  गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।

राष्ट्रिय मुक्तहलिया समाज महासंघ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजनाअन्र्तगत दमाईले सिलाई गर्ने मेसिन पाएका छन् । मेसिन पाएपछि घर खर्च चलाउन उनलाई  केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उनले भने, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”

दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उनी समावेश हुनबाट छुटेका छन् । लगतमा समावेश नहुँदा उनले परिचयपत्र र पुनः स्थापनका प्याकेज पाएका छैनन् । पच्चिस वर्ष अघि बनाइएको झोपडीमा दमाई परिवार बस्दै आएको छ । “प्लाष्टिको कालो त्रिपाल र घाँसको छाना भएको कच्ची झोपडी बनाएको बर्सौँ भइसक्यो”, उनले भने, “झोपडी ढल्ने अवस्थामा पुगेको छ, झोपडी ढले आश्रय स्थलको खोजीमा फेरी भतारिनुपर्ने छ ।”

दमाईका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टीकाटालो गरेर छोरीको विवाह गरी बिदाइ गरेको नमिठो अनुभव उनीसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उनले भने, “पढाईका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिना अघि कमाई गर्नका लागि भारत पठाएको छु ।” छोरालार्ई भारत पठाउनु रहर नभएर बाध्यता भएको उनले उल्लेख गरे ।

सिलाईसँगै पहिला दामोदर पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा बजाउने कार्य गर्थे । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उनको भनाइ रहेको छ । “झोपडीको कुनामा दमाहा झुण्याएको बर्सौँ भइसकेको छ”, उनले भने, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दसैँ आए पनि एक छाक खानका लागि अरूसँगै हात थाप्नुपर्ने अवस्था दमाई परिवारलार्ई रहेको छ । उनले भने, “हाम्रा पीरमार्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहजरूपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यही मात्रै हाम्रो अनुरोध छ ।”