२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड नेपालमा

अ+ अ-

ललितपुर । एष्ट्रोनोमी र एष्ट्रोफिजिक्ससम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड आजदेखि यहाँ सुरु भएको छ । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलो पटक नेपालले गर्ने अवसर पाएको हो ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट आएका विद्यार्थी उत्साहित देखिन्छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफू प्रेरणा दिन कार्यक्रममा आएको बताइन् । यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनले बताइन् ।

अन्तर्राष्ट्रिय ओलम्पियाड सङ्घका अध्यक्ष अनिकेत सुलेले सगरमाथा र शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म देश नेपालले यस्तो कार्यक्रम गर्दा आफूहरू उत्साहित भएको बताए। यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने उनको भनाइ थियो ।

आयोजक समिति नेपालका सह अध्यक्ष प्रा डा उदयराज खनालले खगोल विज्ञानका क्षेत्रमा केही नयाँ काम गर्छु भन्नेका लागि ओलम्पियाड एउटा अवसरका रूपमा रहेको बताए यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके नेपाल खगोल विज्ञानमा उपलब्धि हासिल गर्न सक्ने उनको विचार थियो ।

पाँच दिनसम्म चल्ने कार्यक्रममा १९ देशका २१ समूहमा विभाजित विद्यालय तहका विद्यार्थीले प्रतिभा प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस