२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वसन्त

अ+ अ-

पाक्दो काफल भन्छ के सकलमा, ऐसेलु के भन्दछ ?
उल्लासै परिवेशमा वन हुँदा, मीठो त्यहीं छन्द छ,
फुल्छन् पुष्प जता–लता लहरमा, पाक्छन् गुहेली फल,
वासन्ती ऋतुराजमा मन भने, औधी भयो चञ्चल ।

शैलीमा सुरिलो उमंग रसका आत्मीय भाकाहरू,
डाकिन्छन नव सूत्रमा हृदयले स्वीकार्य डाकाहरू,
हांगा पात जरा विभाज्य रुखझैं बांडिन्छ मेरो मन,
यौटै काण्ड महां ठसक्क उभिदा शिक्षा छ सम्प्रेषण ।

निःस्वार्थीपनमा अरण्य वनले डाक्ने कला भिन्न छ,
कोसेली उपहार छन् हृदयमा चिनो तथा चिन्ह छ,
बिर्सिन्नन् जनले अथाह ममता एकान्त छानामुनि,
गाऊं लाग्दछ कोइली लवजमा आवाज मीठो सुनी ।

ए ! मौरी मिहिनेत गर्न तँ सिका, बोली सिका कोइली,
गर्मी धेर हुरी बतास सहँदै, नाँच्नै सिका पल्लवि,
पस्की दे सबका समक्ष रचना, सौन्दर्यको वैभव,
मान्छेमा रसयुक्त जीवन सिका, वासन्तिका शोभित

0 Comments