२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माेनाेरेल बनाउने मलेसियाली टोली काठमाडौंमा

अ+ अ-

काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्।

उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्। मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन्।

सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गरायो। ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ,’ भेटमा संलग्न एक अधिकारीले बताए, ‘प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ ।’
उनले छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै बीचमा कुनै व्यवधान आएन भने शुक्रबार नै विस्तृत परियोजना प्रतिवेदनमा निर्माण गर्न सम्झौता हुन सक्ने सम्भावना रहेको बताए।

चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

टोलीले शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगको भेटमा पावरट्रेकमा अध्यक्ष अध्यक्ष अदनानले चार वर्षमै सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको अधिकारीहरुले बताए। ‘प्रधानमन्त्री ओलीले समय सबै तोकेर काम गर्ने र निर्धारित समयमा काम नभए ठेक्का टर्मिनेट हुन गरी काम गर्नुपर्ने बताउनुभएको छ,’ एक अधिकारीले भने।

प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका उपमहासचिव विष्णु पौडेल, पुनर्निर्माण प्रधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सहभागी थिए।

मलेसियाली टोलीले ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, लगानी बोर्डका अधिकारीसहित विभिन्न अधिकारी तथा नेताहरुसँग भेट गरी यस विषयमा छलफल गरेको छ। ‘पहिलेदेखि नै यस विषयमा छलफल हुँदै आएको हो। बिहीबार मलेसियाली अधिकारीहरु आउनुभएको थियो। रेलको प्राविधिक क्षमता र वित्त व्यवस्थापनबारे जानकारी गराउनुभयो’, महर्जनले नागरिकसँग भने।

चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

सो कम्पनीले प्रधानमन्त्रीलाई गराएको जानकारीअनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघण्टा हुनेछ। आठ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहनेगरी १७ वटा स्टेसन राखिनेछ। प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ। जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्नेछ। १२ देखि १५ वर्ष लगानी उठाउने लक्ष्य लिएको कम्पनीले ३० वर्ष पनि परियोजना सरकारलाई हस्तान्तरण गर्नेछ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस