२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक निराशाबाट आशावादी यात्रामा छ : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दाबी गरे । ‘अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ,’ ‘पौडेलले भने,‘सरकारको स्थिरतासंगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’

विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बताए। ‘निराशाबाट आशाबादी र क्रमशः अनुकूलतामा बदल्ने प्रयास भइरहेको छ’ उनले भने । मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको स्विकार्दै पौडेलले अब स्थानीयले जोतभोग र भोगचलन गरेको क्षेत्र बाहेकको बाँकी क्षेत्रमा मात्रै औद्योगिक क्षेत्र बनाउने तयारीमा सरकार रहेको प्रष्ट पारे ।

बुटवल-नारायणगढ र बुटवल-चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने चर्चा गर्दै पौडेलले प्रादेशिक अस्पताल, बिटिआई, अन्तराष्ट्रिय सम्मेलन सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुराउने बताए ।

बुटवलमा अर्बौँ लगानीमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकार पनि बुटवलको आर्थिक विकासमा कोशेढुंगा हुने पौडेलको तर्क छ । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका राय सुझावका आधारमा नीतिगत सुधारको थालनी गरिसकेको भन्दै अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।