२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ हजारलाई सीपमूलक तालीम दिइने

अ+ अ-

काठमाडौं । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए ।

उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम शुरु गरिसकिएको छ । उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उनले बताए ।

उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम दिन दिइने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताए ।

भौचर लिइसकेपछि छनोटमा परेकाले तालीम प्रदायक संस्थाकहाँ गएर तालीम लिनसक्ने छन् । तीन महिने उक्त तालीम उपत्यका बाहिर भने शुरु भइसकेको परियोजना प्रमुख पाण्डेले बताए ।

तालीम लिइसकेपछि ती युवाले लिएको तालीमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताए । तालीम दिइसकेपछि उक्त संस्थाले नै तालीम लिएका युवालाई रोजगारी दिनेछन्’ उनले भने ।

इभेन्टले विश्व बैंकसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालीम दिनेछ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गदैआएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस