२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध मुद्दा दायर  

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध मुद्दा दायर गरेको छ । 

बिहीबार आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर गरेको हो । 

नक्कली प्रमाणपत्रहरू पेस गरी सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज चतुर्वेदीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौँमा बिहीबार आरोप पत्र दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

चतुर्वेदीले बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाई स्कुल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा. सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (बिहार) बाट जारी आचरण प्रमाण-पत्र र विद्यालय परित्याग समेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।