काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिमका मन्त्रीहरूको नाम लगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरूको नामलाई अन्तिम रूप दिनेछ ।
एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ ।
दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ ।
सत्तारुढ दलहरुबीच भएको भागबन्डामा काँग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो ।
तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा समेट्न काँग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ ।
एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ । ३ बजे मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको छ ।