काठमाडौँ । प्री-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १४.७६ अंकले बढेर २७७०.३८ विन्दुमा पुगेर बन्द भएको छ।
यो सेसनमा १२७ स्क्रिप्सको १ लाख २० हजार ४३२ कित्ता सेयर ५ करोड ४२ लाख ३९ हजार ६६४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यो समयमा ७० वटा स्टकको मूल्य बढ्दा २३ वटा घटेको छ । ३१ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







