काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रस्ताव गरेका छन् ।
सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद पौडेलले यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन् । सुरक्षित कारोबार ऐन २०६३ को दफा २ मा परिभाषा खण्ड छ ।
अभिलेखकको परिभाषा र नियमित व्यावसायिक कारोबारको सिलसिलमा पट्टा लिने व्यक्ति ‘लेसी इन द अर्डिनरी कोर्स अफ बिजनेस’ को परिभाषामा थप विस्तार गरेर धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रावधान थप गरिनुपर्ने उनको प्रस्ताव रहेको छ ।
‘खराब नियतले कारोबार गर्ने व्यक्तिलाई मात्र सजायको भागिदार बनाउने । असल नियतले कारोबार गर्नेलाई सजायको भागिदार हुन नपर्ने र स्पष्ट उल्लेखित गर्ने धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने’ माओवादी सांसद बरालीको संशोधन प्रस्ताव छ ।
सांसद बराली सुन चाँदी कारोबारमा गलत नियत नराखेर खरिदबिक्री गर्नेहरू समेत सजायको भागीदार हुन सक्ने कानुनी व्यवस्था रहेकोले आफूले यस खाले प्रस्ताव गरेको बताएका छन् ।