गजल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गजल


२६ फाल्गुन २०७४, शनिबार


जीवन के हो जगत के हो, जान्न खोज्दै जुनी बित्यो ।।
जिन्दगीका रंगिन सपना, छान्न खोज्दै जुनी बित्यो ।।

फूल चढाएं धुप चढाएं, ध्वजा भेटी चढाउँदै,
त्यत्तिसकोटी देउताहरु, मान्न खोज्दै जुनी बित्यो ।

धुवा सरी जिन्दगीमा उडी जाने सपनाहरु,
वसमा पार्न मनको डोरी, तान्न खोज्दै जुनी बित्यो ।।

भार बनेर बसिदिन्छन् जिन्दगीका आशाहरु,
मनको भारी कहाँ बिसाउ, धान्न खोज्दै जुनी बित्यो ।।

जुनेलीमा जिस्याउँने आकासको त्यो जुनलाई,
सपनीमा फूल टिपेर, हान्न खोज्दै जुनी बित्यो ।।

प्रतिक्रिया दिनुहोस