२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महरा सभामुख बन्ने !

अ+ अ-

काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ।

एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन्।

नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो। सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिमसम्म पनि छलफल गरेको थियो। बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो। छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ।

शनिबार दिउँसो १ बजे संसद्मा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ। शुक्रबार (आज) बिहान १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद् सचिवालयले बनाएको छ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन्।

महरा माओवादीभित्र यस्ता नेता हुन्, जसले शान्ति प्रक्रियामा माओवादी आएयता सबैभन्दा बढी अवसर प्राप्त गरेका छन्। २०६३ यता उनी कुनै न कुनै सुविधाको पदमा निरन्तर छन्। निर्वाचनअघिसम्म पनि उनी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। पार्टी प्रवक्ता तथा विदेश विभागजस्ता महत्वपूर्ण जिम्मेवारी पटक पटक सम्हालेका उनी २०६३ मा अन्तरिम विधायक हुँदै संसद् प्रवेश गरेयता अहिलेसम्म निरन्तर संसद्मा छन्। अहिले पनि उनी दाङबाट संसद्मा प्रतिनिधत्व गर्छन्।

महरा २०६३ मा सञ्चारमन्त्री, २०६४ मा संविधानसभा सदस्य हुँदै २०६५ मा पुनः सञ्चारमन्त्री, २०६७ मा गृहमन्त्री भएका थिए। त्यस्तै, उनी २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधान तथा अर्थमन्त्री र पछिल्लोपटक २०७४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। उनले २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट संसद्मा प्रतिनिधित्व गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments