२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन विषयले लम्बियो सरकार–फोरम सहमति

अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ ।

फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर, सहमति निस्किएन ।

सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबारसम्म ठोस निष्कर्षमा पु¥याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् ।

संविधान संशोधन गर्ने प्रतिबद्धतासहित तयार पारिएको राजनीतिक सहमतिको मस्यौदासहित मूलतः तीनवटा विषयमा वार्ता केन्द्रित छ । सोमबार पुनः छलफल हुँदै छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

अपराह्न संसद् भवन नयाँ बानेश्वरमा पनि दुईपटक छलफल भयो । बिहान ओलीसहित नेताहरूले फोरमसँग १५ मिनेट मात्रै छलफल गरेका थिए ।

दिउँसो राष्ट्रपति कार्यालयमा ज्येष्ठ सदस्य तथा अपराह्न दुवै संसद्का सदस्यको शपथ सकिएपछि संसद् भवनस्थित प्रधानमन्त्री ओलीको कार्यकक्षमा तीन नेताबीच करिब एक घन्टा छलफल भयो ।

‘उहाँहरूबीच छलफल भएको छ । छलफल छिटै सकारात्मक निष्कर्षमा पुग्ने दिशातिरै अघि बढिरहेको छ,’फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।

राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग समसामयिक राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे आइतबार छलफल गरेका छन् ।

शपथग्रहण, सरकारमा राजपाको सहभागिताको सम्भावनालगायत विषयमा बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

ठाकुरले मधेसको एजेन्डा उठाउँदै आएको राजपा सहमत नभएसम्म संविधान संशोधनको एजेन्डा पूरा नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा ओलीले सरकार मधेसको मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका थिए । राजनीतिक स्थिरतासँगै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने अभियानमा सहभागी हुन प्रधानमन्त्रीले ठाकुरसँग आग्रह गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments