२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।  

काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्‍याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम गर्न लागेको महानगरको वातावरण विभागले जानकारी दिएको छ ।  

महानगर वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल बनाउने काम यसअघि बाट नै सुरु गरिएको भए पनि केन्द्र निर्माण काम भएको थिएन, केन्द्र निर्माणका लागि भने अहिले ‘डिजाइन’को तयारी भइरहेको छ । उत्पादित मललाई बञ्चरेडाँडा आसपासमा महानगरले वृक्षारोपण गरेको रूख बिरुवामा राख्ने र बढी भएको मल स्थानीयलाई दिने तयारी छ । 

महानगरले एक वर्षअघिदेखि टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिसकेको छ । यसका लागि महानगरले ३२ वटै वडालाई र बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने अन्य स्थानीय तहलाई पनि स्रोतमा नै कुहिने र नकुहिने फरक–फरक भाँडोमा फोहर राखेर सोही अनुसार अन्तिम व्यवस्थापन गर्न आग्रह गरेको छ ।  

महानगरसहित काठमाडौँ उपत्यकाका १७ स्थानीय तहबाट  दैनिक एक हजार पाँच सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । 

सबै फोहर उक्त स्थानमा व्यवस्थापन हुँदा समस्या आउन सक्ने भन्दै कामपाले स्रोतमा नै फोहर वर्गीकरण गर्न सम्बन्ध भएका सबैलाई आग्रह गरेको छ । अन्यथा बञ्चरेडाँडामा लामो समय फोहर व्यवस्थापन गर्न नसकिने पनि कामपाको भनाइ छ । 

विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस