काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ सम्म काठमाडौँमा हुने भएको छ ।
महाधिवेशन काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताएका छन् ।
२०५५ सालमा स्थापना नेपाल आदिवासी जनजाति संघको स्थापना भए पनि हालसम्म महाधिवेशन हुन सकेको छैन ।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरू, जातीय संघका अध्यक्षहरू, महासंघका प्रदेश अध्यक्षहरू र काठमाडौँ, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरू रहेको १०१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।’







