काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौँथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस-४’ मा सहभागी हुन शुक्रबार प्रस्थान गरेकी छन् ।
उक्त अन्तर्राष्ट्रिय कार्यक्रम एन्टिगुवा र बर्मुडामा जेठ १४ देखि १७ सम्म हुँदैछ ।
लम्साल अहिले कम विकसित मुलुकहरू (एलडीसी) को ग्लोबल कोअर्डिनेसन ब्युरो समूहको अध्यक्षको रूपमा सहभागिता जनाउन गएकी हुन् । उनले अध्यक्षको हैसियतमा कार्यक्रममा मन्तव्य राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।







