२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहमा न्यायाधीश नियुक्ति तयारी

अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले बुधबार न्यायपरिषद् बैठक डाकेका छन् । न्यायाधीशहरू नियुक्तिका लागि शुक्रबारै बैठक बसे पनि निर्णय हुन नसकेपछि परिषद् अध्यक्षसमेत रहेका पराजुलीले दोस्रो पटक बैठक डाकेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश एवं न्यायपरिषद् सदस्य दीपकराज जोशी बिदामा रहेका बेला बैठक डाकिएको छ । परिषद्का वरिष्ठतम सदस्य रहने कानुनमन्त्री यज्ञबहादुर थापा पनि यसैसाता पदमुक्त हुँदैछन् । स्रोतका अनुसार बुधबार बिहान साढे १० बजे डाकिएको बैठकमा न्यायाधीश नियुक्तिको विषय नै मुख्य एजेन्डा हो  प्रधानन्यायाधीश पराजुलीले कानुनमन्त्री थापा र परिषद्का अर्का सदस्य रामप्रसाद सिटौलाको समर्थनमा ठाडो प्रस्ताव लगेर न्यायाधीश नियुक्ति प्रयास गरेको स्रोतको दाबी छ । हाल सर्वोच्चमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ न्यायाधीश रिक्त छन् । जिल्ला अदालतका लागि केही साताअघि खुला प्रतिस्पर्धाअन्तर्गत लिखित परीक्षासमेत लिइएको छ । त्यसबाट ३० जना नियुक्त गर्ने तयारी छ ।

परिषद् स्रोतका अनुसार हालसम्म नियुक्तिबारे कुनै खाका र योजना बनेको छैन । केही महिनाअघि न्यायपरिषद् दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश पराजुलीले ‘मध्यरातमा न्यायाधीश नियुक्त नगर्ने’ भन्दै यसअघिका प्रधानन्यायाधीश सुशीला कार्कीलाई व्यंग्य गरेका थिए । उनले ५ जना सदस्यको सर्वसम्मतिलेमात्रै न्यायाधीश नियुक्त गर्ने घोषणासमेत गरेका थिए । त्यसका लागि पर्याप्त तयारी गर्ने उनको भनाइ थियो ।

परिषद्मा भने कुन क्षेत्रबाट कति नियुक्ति गर्ने भन्नेसमेत तयारी छैन । ‘हाम्रो त विभिन्न क्लस्टर हुन्छन्, कुन क्षेत्रबाट कसरी, कति लैजाने भन्नेसमेत अहिलेसम्म कुनै छलफल भएको छैन,’ स्रोतले भन्यो । परिषद् स्रोतका अनुसार विवादबीच न्यायाधीश नियुक्ति गर्दा गलत सन्देश जाने भन्दै वरिष्ठतम न्यायाधीश जोशी घरमै बिहेको कार्यक्रम देखाई बिदा बसेका हुन् । उनी अझै एक साता बिदामा रहने छन् । अर्का सदस्य पदम वैदिकसमेत ताजा जनादेशसहित परिषद्को वरिष्ठ सदस्य आउने भएकाले त्यसपछि मात्रै नियुक्तिको गृहकार्य गर्नेपक्षमा छन् । तर परिषद् अध्यक्ष पराजुली भने बहुमत पुगेपछि हुने भन्दै जसरी पनि नियुक्त गर्ने मनस्थितिमा रहेको स्रोतको दाबी छ । न्याय सेवा आयोगको समेत बैठक बस्ने तयारी भने लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली विदेश भ्रमणमा रहेका कारणसम्भव हुन सकेन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments