काठमाडौं । निर्वाचन आयोगले तीन राजनीतिक दललाई समानुपातिक सांसदरुको सूची सच्यायर पुनःपठाउन पत्राचार गरेको छ ।
कांग्रेस, माओवादी केन्द्र र राजपाको सूची नमिलेका कारण मिलाउन भन्दै आयोगले निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
पुनः सूची बुझाउन दुई दिनको समय दिइएको ढकालले बताए । आयोगले तोकेको समय फागुन २ गते साँझ ५ बजेभित्रै सूची बुझाइसक्न ढकालले तीनै दललाई आग्रह गरेका छन् ।