२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिकको पीडा : ‘धुलोले पुर्छ, उम्किन पाइँदैन’

अ+ अ-

काठमाडौं । चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह । उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ ।

दुवै आँखीभौँ र परेलासमेत खैरो भएको छ । तैपनि हस्याङफस्याङ गर्दै सिठी बजाइरहेका छन् । बिहान ७ बजेदेखि सडकमा खटिन्छन् । सवारीचालक ‘उफ् धुलो’ भन्दै हतारिएर गुड्न खोज्छन् तर उनी एकैछिन उम्किन पाउँदैनन् ।

सवारी चाप र ध्वनि प्रदूषण त कति खेप्नुपर्छ कति १ शरीरमा धुलोले छोपिन बाँकी ठाउँ छैन । सेतो टोपी, टाइसहितको पोसाकमा सजिएका उनको सक्कल स्वरूप धुलोले छोपिदिएको छ ।

चार वर्षयता उपत्यकामा सडक निर्माण, मर्मत र सवारीसाधनको प्रदूषणका कारण हजारौं ट्राफिक प्रहरीको स्वास्थ्यस्थिति दर्दनाक बनेको छ । साह त उदाहरण मात्रै हुन् ।

सडकको जाम नियन्त्रण र सवारी व्यवस्थापनको जिम्मा लिएका ट्राफिक प्रहरी प्रदूषणको पहिलो सिकार बनेका छन् । प्रदूषणको दर राष्ट्रिय मापदण्डभन्दा पाँच गुणा बढी पुगेको छ । कत्ति पनि हलचल नगरी १४ घण्टासम्म सडकमा बस्नुपर्ने बाध्यता बोकेका प्रहरी हिजोआज श्वासप्रश्वास, फोक्सो, क्यान्सरजस्ता रोगको सिकार बन्न थालेका छन् ।

२८ वर्षदेखि ट्राफिकमै कार्यरत सइ राजकुमार भट्टराईले केही वर्षदेखि ट्राफिक प्रहरी जागिर छाड्ने र सिभिल प्रहरीमा जानेको संख्या बढेको बताए । दस वर्ष अघिसम्म काठमाडौंका सडकमा फोहोर मात्र हुन्थ्यो, धुवाँधुलो थिएन तर हिजोआज प्रहरीले जीवनको ख्यालै नराखी काम गर्दै आएको सुनाए । ‘धेरै समय उभिनुपर्दाको पीडा छँदै छ, दिनभर धुलोले छपक्कै छोप्छ, ध्वनि प्रदूषणले मानसिक सन्तुलनसमेत गडबड हुने गर्छ’, भट्टराई भन्छन्, ‘दिउँसो धुलो त्यति देखिँदैन, राति गाडीको लाइटमा बढी देखिन्छ ।’ पोसाक नखोल्दासम्म तनावैतनाव हुने उनी बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments