२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमावि शिक्षकको नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो ।

सरकारले अहिले विद्यालयलाई आधारभूत र मावि गरेर दुई तहमा विभाजन गरेको छ । तर पनि आयोगले चाहिँ पुरानै व्यवस्था अनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ ।

नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जनाले सामान्यतर्फको लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये, २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुनेछ ।