नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बित


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेसम चौधरी पक्षका हुन् ।

पटक-पटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् । नाउपाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने थप विवाद उत्पन्न हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस