गाईपालनबाट मासिक एक लाख आम्दानी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गाईपालनबाट मासिक एक लाख आम्दानी


१८ माघ २०७४, बिहिबार


कृत्रीम गर्भाधान

पाल्पा । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेकी छिन् ।

गैरेले गाईपालन व्यवसायबाट मासिक एक लाख आम्दानी गर्दैआएकी छन् । हाल उनीसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दैआएकी छन् ।

गैरे पूर्व माओवादी लडाकू हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गरेको पाँच लाख रकमबाट अर्गलीमा गाईपालन गर्न थालेकी हुन् । पाँच वर्षको अवधिमा १५ लाखभन्दा बढी लगानी गरिसकेको गैरेले बताइन् ।

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गरेकी छन् । दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा उनले घाँसखेती गर्दै आएकी छन् । उनी वार्षिक ३६ हजार भाडा तिर्छन् । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस