२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा काँग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : महामन्त्री शर्मा 

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका काँग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन्।

काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली काँग्रेस झापा-काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उनले झापा काँग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा काँग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

“झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसकारण ०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा काँग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो”, उनले भने।

महामन्त्री शर्माले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँडेका स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसकारण उनी झापा काँग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो”, उनले भने।

फरक प्रसङ्मा उनले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक सङ्कट निम्तियो भनेर आत्तिन नहुने धारणा राखे। महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलले नै आरोप व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शङ्का उत्पन्न भएको उल्लेख गरे।

काँग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताए। उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा काँग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरे।

काँग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताउनुभयो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गरे।

नेपाली काँग्रेस झापा-काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताउनुभयो। विस २००१ मा जन्मिएका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो।