रोल्पा हिँडेका महरालाई रुपन्देहीमा प्रहरीले रोक्यो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रोल्पा हिँडेका महरालाई रुपन्देहीमा प्रहरीले रोक्यो


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । रोल्पा हिँडेका पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा रोकेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकारीका अनुसार उनलाई प्रहरी निगरानीमा पठाउन लागिएको छ ।

सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेसँगै प्रहरीको निगरानीमा रहेका महरालाई तत्काल कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए। गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै गृहमन्त्री लामिछानेले निर्देशन दिएका थिए ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने उल्लेख गरेको थियो । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस