श्री शमैजी महिला सामुदायीक वन उपभोक्ता समुहको साधारसभा सम्पन्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

श्री शमैजी महिला सामुदायीक वन उपभोक्ता समुहको साधारसभा सम्पन्न


७ माघ २०७४, आइतबार


धनगढी । श्री शमैजी महिला सामुदायीक वन उपभोक्ता समुह गौरीगंगा ६ मोयाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सभाले १४ लाख ५ हजार वरावरको आयव्य पस्तुत गरेको छ ।

चन्द्रादेवी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि इलाका वन कार्यालय बनवेहडाका प्रतिनिधि डबल बहादुर चन्द रहेका थिए ।

कोषाध्यक्ष बाटुदेवी विकेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समाजसेवी भिम बहादुर शाही, सुरत रावत ‘डोटेली कान्छा’, कैलास आउँजी, बिरबहादुर शाह, धरणिधर नाथ, खगेन्द्र बुढा, कृष्णराज ओझा, धन बहादुर तिरुवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस