तोकियो राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तोकियो राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ। बुधबारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको जानकारी दिए।

उनले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए। राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस