२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई प्रहरी घुससहित पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । 

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उक्त रकमसहित महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिबासबाट खटिई गएको अख्तियारको टोली उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिले लिजमा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसाय गर्न बाधा अवरोध पुर्‍याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफूलहरू, खेतीपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिई गएको टोलीले प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र ऐ.ऐ. का वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीबाट रू. २०,०००(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकम रू. २०,००० सहित जिल्ला महोत्तरी, गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट मिति २०८०/११/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’