२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल मेडिकल कलेज आजबाट २८ औं वर्षमा प्रवेश, कार्डियोलोजी लगायतका नयाँ सेवा थप गरिने 

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल कलेजका सञ्चालकले स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नवीनतम कार्यहरू गर्ने बताएका छन् । अस्पताल प्रशासनले चाँडै अंकोलोजी, कार्डियोलोजी लगायतका केही सेवाहरू थप गर्ने जनाएको छ । 

२०५२ सालमा स्थापना भएको कलेज आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कलेज प्रशासनले आज झण्डोत्तलन सँगै वार्डमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफूल वितरण गरेको थियो ।

सञ्चालकहरूले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नवीनतम कार्यहरू गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै कलेज प्रशासनले अब विशिष्टीकृत सेवा सञ्चालनतर्फ प्रशासन अगाडि बढ्ने जानकारी दिए ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरू समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरूको विश्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले थप सेवाहरू थप गर्ने बताए । 

‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रूपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो । यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्दछौं,’ अन्सारीले भने ।

मेडिकलमा २ वर्षअघि वीरगन्जका सफल मेडिकल व्यवसायी तथा सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको टीम आएको थियो । उनको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । 

कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरू थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताइन् ।

२ वर्षको अवधिमा अस्पतालको सेवातर्फ इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरूलाई गुणस्तरीय बनाइएको डाइरेक्टर यासमिनको भनाई छ । आफ्नो टीमले व्यवस्थापन संहालेपछि कलेजमा ब्लड बैंकको  पनि स्थापना गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरू थप गरिएको, नयाँ उपकरणहरू थप गरिएको, अत्याधुनिक डायलाइसिसस सेवा सुरु गरिएको भनाई यासमिनको छ । 

शनिबार बिहान कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा.भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डा.साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा.मोदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा.आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायतले झण्डोत्तोलन गरी कार्यक्रममा सहभागिता जनाए ।