१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने 


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्षसम्मका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नवीकरण गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७३ बमोजिम मन्त्रालयले नवीकरण गरेको मन्त्रालयले जनाएको छ । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस