२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थप

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरूको २०८० पुस मसान्तसम्मको प्रगति प्रतिवेदन अनुसार सो अवधिमा दुई लेन र चार लेनका गरी कुल ११७ किलोमिटर सडक थप भएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० को असार मसान्तसम्मको अवधिमा संघीय सरकार मातहत १७ हजार ६ सय ९२ किलोमिटर सडक कालोपत्रे भएको थियो। तर, चालु आव २०८०-८१ को पुस मसान्तसम्मको अवधिमा  दुई लेनको कुल कालोपत्रे सडकको कुल लम्बाई १७ हजार ७ सय ८५ किलोमिटर पुगेको छ।

चालु आवको ६ महिनाको अवधिमा मात्रै दुई लेनको कालोपत्रे सडक ९३ किलोमिटर थपिएको छ। त्यसैगरी चालु आवकै ६ महिनाको अवधिमा नै चार लेनको कालोपत्रे सडक २४ किलोमिटर थप भएको छ। हाल संघीय सरकार मातहत चार लेनको कुल सडकको लम्बाई १६८.७ किलोमिटर रहेको छ।

सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म दुई लेनको सडक १८ हजार ४ सय ९२ किलोमिटर लम्बाइको सडक पुर्‍याउने लक्ष्य राखेको छ। त्यसैगरी सरकारले चालु आवकै अन्त्यसम्म चार लेनको सडक भने २९४.७ किलोमिटर पुर्‍याउने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३४ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन्। परिषद्का अनुसार  संघीय सरकार मातहत हालसम्म ३२ सय २५ वटा पुल रहेका छन्। गत आवको अन्त्यसम्म भने ३१ सय ९१ वटा पुल रहेका थिए। सरकारले चालु आवको अन्त्यसम्म ३३ सय ४१ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको  छ।