२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायीलाई पन्छ्याएर करारका कम्प्युटर अपरेटर च्याप्दै सामान्य, अख्तियारको ताकेताको पनि बेवास्ता

अ+ अ-

काठमाडौँ । बेथितिमाथि लगाम लगाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफै विकृतिको आहालमा चुर्लुम्मै डुब्दै गएको छ । पछिल्लो समय कर्मचारी सरुवामा आतङ्क मच्चाई रहेको सामान्यले मन्त्रालयकै कर्मचारी व्यवस्थापनमा पनि मनोमानी गर्दै आएको खुलेको छ । 

मन्त्रालयकै लागि माग गरिएका स्थायी कर्मचारीलाई अन्त पठाएर सामान्यले करारका कर्मचारीबाट काम गराउँदै आएको खुलेको हो । मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार १० जना कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा सात जना करार रहेका छन् । र, करारका कर्मचारीलाई नै राखी राख्न मन्त्रालयकै लागि नियुक्त भएर आएका कम्प्युटर अपरेटरहरूलाई अन्त पठाउने गरेकोसमेत खुलेको छ । 

अर्जुन पोखरेल सामान्य सचिव छँदा सात जना कम्प्युटर अपरेटरका लागि लोक सेवा माग गरिएकोमा चार जना बढुवा र तीन जना खुल्लाबाट नियुक्त भएर आए । तर गत वर्ष पनि मन्त्रालयमा नराखेर अन्त पठाइयो । र, अहिले पनि त्यही दाउमा उच्च पदस्थ कर्मचारी रहेको बताइन्छ । ‘तत्कालीन सचिव अर्जुन पोखरेलले नै जवाफ दिनुपरेपछि स्थायी लोक सेवा मागिएको थियो’ ती स्रोतले भने, ‘सोही अनुसार माग बमोजिम स्थायी पनि आए तर तिनलाई अन्तै पठाएर करारका कर्मचारीलाई नै जारी राखियो’ 

अहिले पनि तीन जना कम्प्युटर अपरेटर लोक सेवाबाट आए पनि उनीहरूलाई बाहिर पठाएर करारका कर्मचारीलाई नै मन्त्रालयमा जागिर खुवाउने खेल भइरहेको एक उच्च अधिकारीले बताए । 

माघ २५ गते मात्रै मन्त्रालयले तीन जना कम्प्युटर अपरेटरलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नियुक्ति तथा पदस्थापन गरेको छ तर उनीहरूलाई अहिलेसम्म जिम्मेवारी नदिएर अतिरिक्तमा राखिएको छ । 

लोक सेवाबाट पास भएर आएका कर्मचारीलाई अतिरिक्तमा राखेर करारका कर्मचारीबाट काम गराउनुभन्दा ठुलो अराजकता अरू केही हुन नसक्ने मन्त्रालयकै एक सहसचिव बताउँछन् । 

अहिले मन्त्रालयमा ७ जना करारका कम्प्युटर अपरेटर राखिएको छ, जसमध्ये तीन जना ‘खास’ कर्मचारीलाई जोगाउन लागिएको छ, जो केही उच्चपदस्थका निकटस्थ मानिन्छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १० जना कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा तीन जना मात्रै स्थायी छन् भने सात जना करारबाट राखिएको छ । 

यस विषयमा मन्त्री अनिता देवी स्थायी कर्मचारी आएपछि करारकालाई हटाउनु पर्ने लाइनमा रहे पनि कर्मचारीतर्फबाट केही उच्च पदस्थहरूले भने जसरी पनि जोगाउनु पर्छ भनेर लागि परेको मन्त्री सचिवालय स्रोत जनाउँछ । 

अहिले मन्त्रीको सचिवालयका कर्मचारी लाईसमेत केही लोभ देखाएर मन्त्रीलाई मनाउने पक्षमा रहेको ती अधिकारीले प्रशासनलाई जानकारी दिए ।