२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपतिविहीन तीन विश्वविद्यालय

अ+ अ-

काठमाडौँ । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपतिविहीन भएका हुन् ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपतिहरूको समयावधि समाप्त भएका कारण ती विश्वविद्यालय शनिवारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त हुने उपकुलपतिहरूमा पूर्वाञ्चलका प्राडा यादवराज कोइराला, सुदूरपश्चिमका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चलका प्राडा नन्दबहादुर सिंह रहेका छन् । कोइराला, जोशी र सिंहलाई तत्कालीन प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले २०७६ फागुन १९ मा उपकुलपतिमा नियुक्त गरेका थिए ।

विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया आरम्भ गरेको थियो । मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हाललाई स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही खुलाएको छैन ।

मन्त्रालयका अनुसार माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोच पत्रसहित कार्य योजना बुझाएका थिए ।