२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

अ+ अ-

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरागमन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो । ३८ औं मिनेटमा नेपालकी पूजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास गोलमा परिणत हुँदा नेपाल पछि परेको थियो । तर नेपालले खेलको ७६ औँ मिनेटमा बराबरी गोल गर्‍यो, खेलमा फर्कियो । 

सावित्रा भण्डारीले गरेको प्रहार लेबनानका खेलाडीले क्लियर गर्न नसक्दा सावित्रीले नै गोलमा परिणत गरिन् । सावित्रीले जारी प्रतियोगितामा नवौं गोल गरिन् । उनी दक्षिण एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिइन् । 

उनले भारतकी बाला देवीलाई पछि पारेकी हुन् । यो सावित्राको करियरको ५३ औं गोल हो भने बालादेवीले ५२ गोल गरिन् ।  

दोस्रो हाफमा अतिरिक्त पाँच मिनेट थप गरिएको थियो । चौथो मिनेटमा नेपालकी प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाइन् । विमला चौधरीले प्रहार गरेको कर्नर किक क्लियर भएपनि डिबक्स भन्दा बाहिरबाट प्रीतिले गरेको प्रहार सिधै गोलमा परिणत हुँदा नेपाल अन्ततः २-१ गोलको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । 

नेपालले अब उपाधिका लागि जोड्नसँग खेल्ने छ । जोर्डनले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जोर्डन वाफको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल पहिलो पटक यो प्रतियोगितामा सहभागी भएको हो ।