कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। 

काठमाडौँ जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको अदालत स्रोतले जानकारी दिएको छ । 

पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्।

उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। 

यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस