२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा माघ १ गते २८ हल गोरु जुधाइँदै

अ+ अ-

नुवाकोट । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।

तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताए । उनका अनुसार मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेका लागि साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ ।

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जान सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले सहमति दिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिए । मेलामा विजेता गोरु धनीलाई पाँच हजार र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार पुरस्कार तोकिएको छ ।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष गोरु जुधाउनका लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । रासस

0 Comments